Techie IT
Bold Nepal

गृह मन्त्रालयको भागबन्डामा बालेन बसेको होटलमा भएको थियो लफडा


गृह मन्त्रालयको भागबन्डामा बालेन बसेको होटलमा भएको थियो लफडा

रास्वपामा मन्त्रालयको भागबन्डाको विषयलाई लिएर बालेन बसिरहेको दरबारमार्गस्थित होटल रोयल सिङ्गीमा लफडा भएको स्रोतले बताएको छ । रास्वपाले गरेको निर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा समेत नगएका बालेन आफ्नै पार्टी नेतृत्वसँग समेत सम्पर्कबाहिर रहेका थिए।

बालेनले फोन समेत नउठाएपछि पिएसोको लोकेसन ट्र्याक गर्दै हिजो दरबारमार्गस्थित रोयल सिङ्गीमा रवि, डीपी र स्वर्णिम पुगेका थिए। बालेन मन्त्री छनोटका लागि दरबारमार्गस्थित होटल रोयल सिङ्गीमा गुपचुप बसिरहेको समाचार बोल्ड नेपालले ब्रेकिङ गरेको थियो।

अरू मन्त्रालयमा धेरै विवाद नरहे पनि गृह मन्त्रालयमा भने विवाद निकै चर्किएको स्रोतले बताएको छ। बालेनका अनुसार अर्थ मन्त्रालय स्वर्णिमलाई दिएपछि गृह मन्त्रालय आफू निकट सुनिल लम्साललाई दिनुपर्ने अडान लिएका थिए। तर गृह मन्त्रालयका लागि सुनिल लम्सालको योग्यता नपुग्ने र उनलाई भौतिक लगायत अन्य मन्त्रालय दिन सकिने रवि पक्षको अडान थियो।

लम्साललाई नभए गृह मन्त्रालय राजु पाण्डेलाई दिनुपर्ने बालेनको अडानपछि झन् विवाद चर्किएको थियो। एक महानगर प्रहरीलाई गृह मन्त्रालय कुनै हालतमा सुम्पिन नसकिने अडान पनि राखिएको थियो।राजुलाई सुरुमा गृह राज्यमन्त्री बनाउने र गृह मन्त्रालय प्रधानमन्त्री मातहत राख्ने विकल्पमा पनि छलफल भैरहेको स्रोतको दावी छ ।

बालेनले महानगरमा रहँदा आफू निकट रहेर काम गरेका लम्साल वा पाण्डेलाई गृह मन्त्री बनाउन चाहेका छन्। गृह मन्त्रालय आफ्नो अनुकूल भएमा आफूलाई सहज हुने बालेनको अडान रहेको छ। यद्यपि प्रधानमन्त्रीका रूपमा भने बालेनको विकल्पमा भने कुरा नै नभएको स्रोतले जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया