दसैंको टीका कि प्रधानमन्त्रीको शपथ ?
राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने भएका छन्। शुक्रबार मध्याह्न १२:३४ बजे प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिने साइत तय गरिएको छ।
उक्त शपथग्रहण समारोहमा ७ वटा शंखबाट शंखनाद हुने, १०८ जना बटुकबाट स्वस्तीशान्ति वाचन गरिने र १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिने कार्यक्रम रहेको छ। त्यसैगरी, बालेनले दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गर्नेछन्।
चैते दसैंको दिन दसैंको टीकाझैँ साइत निकालेर तामझामका साथ प्रधानमन्त्रीको शपथको तयारी गरिएको हो । यति धेरै बटुक र भिक्षुक राखेर र शंखनाद गराएर प्रधानमन्त्रीको पदबहाली गर्न लागिएको यो पहिलो पटक हो ।
क्याटेगोरी : समाचार






प्रतिक्रिया