Techie IT
Bold Nepal

सांसद रास्वपाबाट नेपालकी, छोरीको विवाह भारतको मुम्बईमा


सांसद रास्वपाबाट नेपालकी, छोरीको विवाह भारतको मुम्बईमा

रास्वपाकी समानुपातिक सांसद विदुषी राणाले आफ्नी छोरीको विवाह भारतको मुम्बईमा गरेकी छन्। दुई दिनअघि मुम्बईमा धुमधामका साथ विवाह समारोह सम्पन्न भएको हो।

सांसद राणाका छोरी शिवालिका राणाको नेपालमा टोयोटा गाडी बेच्ने सुरज वैद्यका छोरा सूर्यांश वैद्यसँग विवाह भएको हो । विवाहका स्वयम्बर लगायत केही कार्यक्रम नेपालमै भएका थिए । अहिले फेरि मुम्बईमा पुगेर विवाहसम्पन गरिएको छ ।

मुम्बईमा भएको विवाह समारोहपछिको पारिवारिक फोटो

गोल्डस्टार जुत्ताकी कार्यकारी निर्देशकसमेत रहेकी राणा रास्वपाकी अर्बपति सांसदका रूपमा चर्चित छन्। उनी बालेनको कोटाबाट सांसद बन्न सफल भएकी हुन्।

आदर्शका ठूला कुरा गर्ने रास्वपाले आफ्नो सांसदको छोरीको विवाह गर्न मुम्बई नै किन जानुपर्‍यो भन्ने विषयमा अहिले टिकाटिप्पणी सुरु भएको छ।

यसरी देशबाहिर विवाह गर्दा मुलुकबाट करोडौँ पुँजी पलायन हुने गरेको छ । नेपालबाट विदेशमा पैसा लैजान मिल्ने कानुन नहुँदा हुन्डीमार्फत पुँजी पलायन गरी खर्च


क्याटेगोरी : समाचार

प्रतिक्रिया