Techie IT
Bold Nepal

भुटानी शरणार्थी काण्डले छोरा जेलमा, बाउ एमाले संसदीय दलको नेता


भुटानी शरणार्थी काण्डले छोरा जेलमा, बाउ एमाले संसदीय दलको नेता

एमालेको संसदीय दलको नेतामा निर्वाचित रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापा जेलमा छन्। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा उनी जेल पुगेका हुन्।

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा रामबहादुर थापा गृहमन्त्री रहँदा उनका सुरक्षा सल्लाहकार इन्द्रजित राई पनि पक्राउ परेका थिए। छोरा र आफ्नै सुरक्षा सल्लाहकार आरोपित हुँदा बादल अछुतो रहन नसक्ने जानकारहरू बताउँछन्। बादलको छोराले नक्कली भुटानी शरणार्थी बनाउन डेढ करोड बुझेको पुष्टि भएको थियो ।तर एमाले सत्तामा भएकाले बादलविरुद्ध भने अनुसन्धान नै भएन ।

बालेन्द्र शाह नेतृत्वको सरकारले बादलको संलग्नतामा पनि अनुसन्धान गर्ने तयारी गरिरहँदा उनी एमालेको संसदीय दलको नेतामा निर्वाचित भएका हुन्। संसदीय दलको नेतामा एमाले युवा सांसद सुहाङ नेम्वाङले दाबी गरे पनि उनले समर्थक र प्रस्तावक नै पाउन सकेनन्।


क्याटेगोरी : समाचार

प्रतिक्रिया