Techie IT
Bold Nepal

Exclusive : धनेन्द्र कार्की कालोसूचीको चाङमा, पद खारेज हुन सक्ने


Exclusive : धनेन्द्र कार्की कालोसूचीको चाङमा, पद खारेज हुन सक्ने

सिन्धुली–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट निर्वाचित धनेन्द्र कार्की कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पुष्टि भएको छ। गत माघ र फागुन महिनामा गरी चार पटक उनको नाम कालोसूचीमा दर्ता भएको देखिन्छ।

२०८२ माघ १९ गते पहिलो पटक, त्यसपछि माघ २९ गते र फागुन १५ गतेसहित विभिन्न चार कारोबारमा कर्जा सूचना केन्द्रको कालोसूचीमा उनको नाम रहेको हो। साथै फागुन ११ गते उनी ‘प्रोमोटर डाइरेक्टर’को रूपमा कालोसूचीमा रहेको देखिन्छ, जुन बिजु सहकारी सम्बन्धित कारोबार सँग जोडिएको छ ।

कर्जा सूचना केन्द्रको कालोसूची विवरण

रास्वपाभित्र माथिदेखि तलसम्म सहकारी ठगीसँग जोडिएका व्यक्तिहरु अनिवार्य रहने गरेको आरोप समेत लाग्ने गरेको छ।

उम्मेदवारी दर्तापछि धमाधम कालोसूचीमा

कार्कीले सिन्धुलीमा उम्मेदवारी दर्ता गरेर चुनावी प्रचारमा होमिएपछि मात्रै उनको नाम कालोसूचीमा सूचीकृत हुन थालेको हो । उम्मेदवारी दर्ता हुनुअघि नै उनको नाम कालोसूचीमा रहेको भए उनी उम्मेदवार बन्नै अयोग्य ठहरिने थिए।कारोबार नमिलाउने तर चुनावमा खर्च गर्ने भन्दै कालो सुचीमा राख्न बाध्य भएको एक व्यक्तिले हामिलाइ बताए ।

निर्वाचन आयोगको उम्मेदवार योग्यता सम्बन्धी प्रचलित कानुनअनुसार कालोसूचीमा रहेको व्यक्ति निर्वाचनमा उम्मेदवार बन्न र निर्वाचित हुन अयोग्य ठहरिन्छ। यदि जालझेल गरेर उम्मेदवारी दिएको पुष्टि भएमा निर्वाचित भइसकेपछि पनि उनको पद खारेज हुन सक्ने कानुनी प्रावधान रहेको छ। उनको उम्मेदवारी दर्ता भएपछि मात्र कालोसूचीमा पर्न थालेको तर निर्वाचित हुनु भन्दा अगाडि कालोसूचीमा परिसकेकोले उजुरी परे अदालतले अन्तिम फैसला गर्ने निर्वाचित अधिकृतले बताए ।

 

उम्मेदवारी खारेज हुने निर्वाचन कानुनमा रहेको व्यवस्था

यसअघि पनि कालोसूचीमा रहेको कारण धनुषा–१ मा रास्वपाका उम्मेदवार किशोरी शाहको उम्मेदवारी निर्वाचन आयोगले अन्तिम समयमा खारेज गरेको थियो। उम्मेदवारी खारेज भए पनि उनले करिब १३ हजारभन्दा बढी मत पाएका थिए, तर निर्वाचित भने हुन सकेनन्।

कार्की भन्छन् : “काठमाडौं गएर मिलाउँछु

कालोसूचीमा परेको विषयमा जिज्ञासा राख्दा धनेन्द्र कार्कीले भोलि काठमाडौं गएपछि कारोबार मिलाउने बताएका छन्। आफू निर्वाचन प्रचारको क्रममा रहेको बेला कालोसूचीमा परेको र व्यस्तताका कारण समयमै कारोबार मिलाउन नसकिएको उनको भनाइ छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया