Techie IT
Bold Nepal

होटेल रोयल सिङ्गीमा अड्डा जमाएर मन्त्री छनोट गर्दै बालेन


होटेल रोयल सिङ्गीमा अड्डा जमाएर मन्त्री छनोट गर्दै बालेन

भावी प्रधानमन्त्री बालेन शाह दरबारमार्गस्थित होटल रोयल सिङ्गीमा बसेर मन्त्री छनोटमा व्यस्त रहेको जानकारी प्राप्त भएको छ। रास्वपाले आयोजना गरेको निर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा समेत सहभागी नभएका बालेन शाह हाल होटलमै बसेर सरकार गठनको गृहकार्यमा केन्द्रित रहेको विश्वसनीय स्रोतले बोल्ड नेपाललाई जनाएको छ।

उनी विगत पाँच दिनदेखि होटलको चौथो तलामा रहेको सुइट कोठामा बसिरहेका छन्। स्रोतका अनुसार बालेनले गुटको आधारमा नभई योग्य व्यक्तिहरूलाई प्राथमिकता दिँदै मन्त्री चयनको तयारी गरिरहेका छन्। साथै, उनले आफ्ना नजिकका व्यक्तिहरूसँग होटलमै भेटघाट गरिरहेका छन्। होटलमा रहेका बालेन टोलीले रास्वपाबाट निर्वाचित सांसदहरूको योग्यता र विगतको अध्ययन गरिरहेको स्रोतले जनाएको छ।

बालेनको तर्फबाट सुनिल लम्साललाई भौतिक पूर्वाधार मन्त्री बनाउने चर्चा छ भने रवि लामिछानेको तर्फबाट स्वर्णिम वाग्ले अर्थमन्त्री र शिशिर खनाल परराष्ट्र मन्त्री बन्ने लगभग टुङ्गो लागेको बताइएको छ। लम्साल काठमाडौं महानगरपालिकामा बालेनका नजिकका सल्लाहकारका रूपमा कार्यरत थिए।


क्याटेगोरी : समाचार

प्रतिक्रिया