Techie IT
Bold Nepal

धुराबजार – खट्टार सडक असारभित्र कालोपत्रे हुने


धुराबजार – खट्टार सडक असारभित्र कालोपत्रे  हुने

मदन भण्डारी राजमार्गअन्तर्गत लामो समयदेखि अलपत्र परेको सिन्धुली धुराबजार–खट्टार खण्डको कालोपत्रे प्रक्रिया अघि बढेको छ। उक्त खण्डमा पर्ने केही घर तथा जग्गाधनीको अवरोधका कारण धुराबजारदेखि खट्टार हुँदै कुडुलेसम्मको केही भागमा कालोपत्रे हुन सकेको थिएन।

बर्खामा हिलो र हिउँदमा धुलोका कारण स्थानीय नागरिकले वर्षौंदेखि सास्ती भोग्दै आएका थिए। सुरुमा कालोपत्रे गर्न नदिएको र पछि सहमति भएपछि बजेट अभाव देखाउँदै काम रोकिएको भन्दै नागरिकले असन्तुष्टि जनाउँदै आएका थिए।

अहिले भने उक्त खण्ड निर्माणको ठेक्का सिन्धुली बिल्डर्सले पाइसकेको छ। विभिन्न स्थानमा गरी करिब ९०० मिटर खण्ड असारभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २–३ दिनभित्र सम्झौता प्रक्रिया टुंग्याउने तयारी भइरहेको सडक डिभिजन कार्यालय हेटौंडाका सूचना अधिकारी यादव सुवेदीले जानकारी दिएका छन्।

निर्माण कार्य समयमै सम्पन्न गर्न कार्ययोजना बनाउन निर्देशन दिइसकिएको र निर्माण व्यवसायीले फिल्ड निरीक्षणसमेत गरिसकेको जनाइएको छ। निर्माणका क्रममा थप अवरोध नआए असारभित्रै कालोपत्रे सम्पन्न हुने अपेक्षा गरिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया