Techie IT
Bold Nepal

‘भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो’ भन्ने लिङ्देनले भ्रष्टाचारीलाई नै मुख्य सचीव बनाएको खुलासा


‘भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो’ भन्ने लिङ्देनले भ्रष्टाचारीलाई नै मुख्य सचीव बनाएको खुलासा

राजेन्द्र लिङ्देन ले ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खाए सरह हो ‘भन्दै आफ्ना नेता–कार्यकर्तालाई सपथ खुवाएका थिए। तर सोही सपथ खाएका केदारबहादुर अधिकारी विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

राप्रपाका मुख्यसचिव अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४६ करोड १५ लाख रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा परामर्शदाता नियुक्ति प्रक्रियामा अनियमितता भएको आरोपमा तत्कालीन पर्यटन सचिव अधिकारीसहित नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशकहरू सञ्जीव गौतम, राजन पोखरेल र प्रदीप अधिकारी लाई पनि प्रतिवादी बनाइएको छ।

अधिकारीलाई पार्टीको मुख्यसचिवमा गरिएको नियुक्ति

अधिकारी सचिव पदबाट अवकाश पाएपछि राप्रपा प्रवेश गरी पार्टीको मुख्यसचिव बनेका थिए। अधिकारीको नाम अहिलेसम्म राप्रपाको वेबसाईटमा कायम छ ।

राप्रपाको वेबसाईटमा रहेको अधिकारीको विवरण

अचम्मको कुरा के छ भने, लिङ्देन नेतृत्वको संसदीय समितिले नै केदारबहादुर अधिकारीको नाम भ्रष्टाचारमा संलग्न रहेको भनेर किटान गरेको थियो। एकातिर भ्रष्टाचारमा संलग्न भएको प्रतिवेदनमा उल्लेख गर्ने र अर्कोतिर पार्टीको मुख्यसचिवको जिम्मेवारीमा संरक्षण गर्दै राख्ने काम भएको पुष्टि भएको छ।

राजेन्द्र लिङ्देनले बुझाएको पोखरा विमानस्थलको प्रतिवेदन

सचिव पदबाट अवकाश पाएपछि भ्रष्टाचार मुद्दाबाट जोगिनकै लागि अधिकारी राप्रपा प्रवेश गरेको चर्चा समेत हुने गरेको थियो। लिङ्देनले सकेसम्म अधिकारीको नाम प्रतिवेदनमा उल्लेख नगर्ने प्रयास गरेको तर समितिका अन्य सदस्यहरूले असहमति जनाएपछि बाध्य भएर नाम समावेश गर्नुपरेको बुझिएको छ।

कम्तीमा भ्रष्टाचारमा संलग्न भएको नाम आफैंले प्रतिवेदनमा समावेश गरेपछि उनलाई पार्टी जिम्मेवारीबाट हटाउनु पर्नेमा उल्टै थप संरक्षण गरिएको भन्दै एक नेताले असन्तुष्टि जनाएका छन्। उनका अनुसार “रगत र कसमका कुरा केवल भाषणमै सीमित रहेछन्।”


क्याटेगोरी : राजनीति

प्रतिक्रिया