बालेन सरकारले दिन थाल्यो पूर्व राजालाई सेनाको सुरक्षा
पूर्व राजा ज्ञानेन्द्र शाहलाई नेपाल सरकारले फेरि नेपाली सेनाको सुरक्षा उपलब्ध गराएको छ। विश्वसनीय स्रोतले बोल्ड नेपाललाई बताएअनुसार नेपाली सेनाको टोली निर्मल निवास पुगेको छ। तर यसको औपचारिक जानकारी र सूचना भने सार्वजनिक गरिएको छैन।
पूर्व राष्ट्र प्रमुखलाई नेपाली सेनाले सुरक्षा उपलब्ध गराउने कार्यविधि रहेको छ। त्यही अनुसार पूर्व राष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारीलाई नेपाली सेनाले सुरक्षा दिइरहेको छ।
विद्यादेवी भण्डारी भने सुविधाको दुरुपयोग गर्दै नेपाली सेनाको सुरक्षा लिएर राजनीतिक गतिविधि गरिरहेकी देखिन्छ। पूर्व राजा ज्ञानेन्द्र शाहलाई भने केही वर्षअघि सेनाको सुरक्षा खोसेर सशस्त्र प्रहरी खटाइएको थियो। अहिले बालेन शाहको सरकार बनेसँगै नेपाली सेना निर्मल निवास पुगेको हो।
क्याटेगोरी : राजनीति






प्रतिक्रिया