के रामचन्द्र पौडेल हुँदैछन् अन्तिम राष्ट्रपति ?
जताततै राजाको चर्चा
डा. विपिन अधिकारी एक वरिष्ठ संवैधानिक विशेषज्ञ र नीति विश्लेषक हुनुहुन्छ। अधिकारी काठमाण्डौ युनिभर्सिटी स्कूल अफ लमा कानूनका प्राध्यापक र संस्थापक डीन हुन । कांग्रेस निकट मानिने अधिकारी नेपालको संविधान निर्माण प्रक्रियामा नागरिक समाजको तर्फबाट योगदान गर्ने व्यक्तिको रूपमा लिइन्छ।
तिनै विपिन अधिकारीले टिकाराम यात्रीसँगको पछिल्लो अन्तर्वार्तामा यति बलियो सरकारले राजालाई पुनःस्थापित गर्नुपर्ने बताउनुभएको छ। यसअघि राजतन्त्रको पुनर्स्थापनामा नबोल्ने अधिकारीले नेपाल धेरै अस्थिरतामा परेको र राजाले मात्र त्यसको विकल्प हुनसक्ने खुलेर बताउनुभएको थियो।
जसरी घण्टीको लहर भित्रभित्रै सल्किँदै रास्वपाले दुईतिहाइ नजिक एकलौटी बहुमत ल्यायो, त्यसैगरी अहिले राजतन्त्र पुनर्स्थापनाको लहर पनि भित्रभित्रै सल्किएको छ। रास्वपाको सरकार बन्ने बित्तिकै पूर्व राजा ज्ञानेन्द्र शाहलाई पूर्व राष्ट्रप्रमुखको हैसियतमा नेपाली सेनाको सुरक्षा दिन थालिएको हामीले यसअघि लेखिसकेका छौँ।
नेपालमा पूर्व राष्ट्रप्रमुखले मात्र नेपाली सेनाको सुरक्षा पाउँछन्। पूर्व प्रधानमन्त्री वा मन्त्रीलाई सेनाको सुरक्षा हुँदैन। त्यसअनुसार अहिले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र रामवरण यादवलाई नेपाली सेनाले सुरक्षा दिएको छ। तर पूर्व राजालाई भने पूर्व राष्ट्रप्रमुखको हैसियत नदिई नेपाली सेनाको सुरक्षा दिइएको थिएन।
वरिष्ठ पत्रकार किशोर श्रेष्ठले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै भनेका छन्—“बालेन सरकारका गृहमन्त्री सुधन गुरूंग पूर्व राजा ज्ञानेन्द्र शाहका अत्यन्त प्रिय पात्र हुन्। धेरैलाई चकित पार्दै सुधन गुरूंग गृहमन्त्री बन्न सफल हुनुमा दरबारको प्रभाव नकार्न नसकिने जानकारहरू बताउँछन्।

अमित शाहको नेतृत्वमा सरकारले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्न कार्यदल गठन गरेको छ। फिल्म बनाउने व्यक्तिलाई संविधान फेर्ने जिम्मा दिएको भन्दै अहिले व्यापक आलोचना र बहस भइरहेको छ। अमित शाह राजतन्त्र पुनर्स्थापनाका अभियन्ता हुन्। उनले “सुधारिने मौका अब राजालाई दिनुपर्छ—राजा आउ, देश बचाउ” भन्दै सामाजिक सञ्जालमा लेखेका कुरा अहिले यत्रतत्र फैलिएको छ।

देशमा देखिँदै आएको पछिल्लो घटनाक्रमले कतै रामचन्द्र पौडेल अन्तिम राष्ट्रपति हुने त हैन भन्ने प्रश्न खडा गरेको छ।
क्याटेगोरी : राजनीति






प्रतिक्रिया