Techie IT
Bold Nepal

दिएको पढे – मैले के बिराय।


दिएको पढे – मैले के बिराय।

एमालेको कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा बादलले हिजो संसदमा बोलेको विषयलाई लिएर पार्टीभित्र हंगामा भएको छ। बादलले बोलेको विषयबारे बाहिर खासै टिकाटिप्पणी छैन, तर केही नेता छट्पटीमा छन्।

प्रतिनिधिसभाको प्रथम बैठकमा बोल्दै बादलले रास्वपाको अभूतपूर्व जितमा आन्तरिक र बाह्य शक्ति दुवैको निर्णायक भूमिका रहेको दाबी गरेका थिए। उनले सुशीला कार्की सरकार, नेपाली सेना, कर्मचारीतन्त्र र कार्की आयोगमाथि गम्भीर प्रश्न उठाएका थिए।

एमालेको हारमा नेपाली सेना, कर्मचारी र बाह्य शक्तिलाई दोष दिन खोज्दा पार्टीभित्र विरोध उत्पन्न भएको हो। “सबै दोष अरूलाई दिने तर आफ्नो दोष देखाउँदैन भने यसपटक माटोमुनि पुगेको पार्टी अर्को पटक खाल्डोमा पुगेर कहिल्यै नउठ्नेछ,” एमालेका एक नेताले बोल्ड नेपालसँग भने।

बादलले संसदमा बोलेको विषयमा ओलि प्यानलका उपाध्यक्ष एवं बादललाई संसदीय दलको नेता बनाउन प्रमुख भूमिका खेलेका विष्णु पौडेलले सबैभन्दा पहिला फेसबुकमा असन्तुष्टि व्यक्त गरेका थिए। पौडेलले रामबहादुर थापाले व्यक्त गरेका विचार पार्टीको स्थापित नीति र मान्यताको विपरीत भएको र यस विषयमा भोली आयोजना सचिवालयको बैठकमा गम्भीर छलफल हुनुपर्ने लेखेका थिए ।

बादलले संसदमा बोलेको विषय छलफल गर्न एमाले बोलाएको सचिवालय बैठक सम्पन्न भएको छ। बैठकमा बादलले “दिएको पढे – मैले के बिराय” भन्दा सबै चुपचाप रहेको स्रोत बताउँछ । एमालेका एक नेताका अनुसार, प्रहरी हिरासतमा अस्पतालमै रहेका केपी ओलीले नै उक्त कुरा बोल्न लेखेर दिएका थिए भन्ने बुझिएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया