Techie IT
Bold Nepal

वृद्ध भत्ताका ‘मास्टरमाइन्ड’ सिन्धुली घर भएका अर्थविद् अस्ताए


वृद्ध भत्ताका ‘मास्टरमाइन्ड’ सिन्धुली घर भएका अर्थविद् अस्ताए

वरिष्ठ अर्थविद् केशवप्रसाद आचार्यको निधन भएको छ। गत मंगलबार बिहान आफ्नै घरमा ‘ब्रेन स्ट्रोक’ भएपछि ७२ वर्षीय आचार्यलाई तत्काल अस्पताल लगिए पनि हिजो उनको निधन भएको हो। आचार्यकी छोरी अमेरिकाबाट आएपछि आज उनको अन्त्येष्टि गरिएको छ।

नेपाल राष्ट्र बैंकमा करिब तीन दशकभन्दा बढी सेवा गरेर कार्यकारी निर्देशक पदबाट अवकाश प्राप्त गरेका आचार्यले अर्थ मन्त्रालयमा वरिष्ठ आर्थिक सल्लाहकारको भूमिकासमेत निर्वाह गरेका थिए। उनी मौद्रिक तथा वित्त नीतिका विज्ञका रूपमा परिचित थिए। आचार्यले केहि समय अगाडी मात्र बालेन सरकारले नेपालको अर्थतन्त्रको पुनर्संरचना गर्नसक्ने बताएका थिए ।

देशका एक सफल अर्थविद् आचार्य सिन्धलीका भएको कुरा धेरैलाई थाहा नहुन सक्छ। सिन्धुलीको सुनकोसी गाउँपालिका–बोहोरेटारमा जन्मिएका आचार्यको प्रारम्भिक शिक्षा बोहोरेटारस्थित प्रगतिशील माध्यमिक विद्यालयबाट सुरु भएको थियो। त्यहाँ अध्ययन पूरा गरेपछि उनी थप शिक्षाका लागि काठमाडौं गएका थिए।

सिन्धुलीका केशवप्रसाद आचार्य देशका सफल अर्थविद्को रूपमा चिनिन्थे । २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले घोषणा गरेको बजेटमा समावेश ‘एक सय रुपैयाँको वृद्ध भत्ता’ तथा ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम निर्माण गर्ने टोलीमा आचार्य सदस्यका रूपमा सक्रिय थिए। उक्त कार्यक्रम ल्याउन सिन्धुलीका आचार्यको महत्वपूर्ण योगदान रहेको थियो ।

नेपाल राष्ट्र बैंकबाट केही समयका लागि अर्थ मन्त्रालयमा तानिएका आचार्यलाई तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले नै मन्त्रालयमा ल्याएका थिए। देशको आर्थिक नीति निर्माणमा उनको योगदान उल्लेखनीय मानिन्छ। आचार्यले केहि समय अगाडी मात्र बालेन सरकारले अर्थतन्त्रको पुनर्संरचना गर्नसक्ने बताएका थिए ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया